१६ औँ ग्राण्ड्सलाम उपाधि राफेल नाडालले जिते

भदाै २६, काठमाडाै । स्पेनी राफेल नाडालले वर्षको चौथो तथा अन्तिम ग्राण्ड्सलाम युएस ओपन जित्दै करियरको १६ औँ उपाधि जितेका छन् । नाडालले दक्षिण अमेरिकाका केभिन एण्डरनसलाई ३-० को सोजो सेटमा पराजित गर्दै तेस्रो पटक युएस ओपन जितेका हुन् ।

न्यूयोर्कको फ्लसिङ मिडोजमा भएको खेलमा नाडालले एण्डरसनलाई ६-३, ६-३,६-४ को सेटमा पराजित गरे । नाडाललले सन् २०१० र २०१३ मा पनि युएस ओपनको उपाधि जितेका थिए । ३१ वर्षीय नाडाले २०१३ यता पहिलो पटक एकै वर्ष दुई ग्राण्ड्सलाम जितेका छन् । उनले यस वर्षको फ्रेन्स ओपन समेत जितेका थिए ।

नाडालले यस वर्षलाई खेललाई अविश्वसनिय मानेका छन् । सर्वाधिक ग्राण्ड्सलाम जित्ने खेलाडीमा दोस्रो स्थानमा रहेका नाडालले अझै शीर्ष स्थानको स्वीस रोजर फेडेरर (१९) भन्दा ३ उपाधिले पछि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *