अवरुद्ध रहेको पश्चिम रुकुमको चौरजहारी–सल्लीबजार सञ्चालनमा

रुकुम, भदौ २५ । २ महिनादेखि अवरुद्ध रहेको पश्चिम रुकुमको चौरजहारी–सल्लीबजार सञ्चालनमा आएको छ । वर्षा सुरु भएसंगै अवरुद्ध भएको सल्यानको सल्लीबजार देखि चौरजहारी सडक मर्मतपछि सवारी साधन चल्न थालेका हुन् ।

वर्षाका कारण यो सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेको थियो । पहिरो खसेपछि सडक अवरुद्ध बन्न पुगेको थियो ।
चौरजहारी नगरपालिकाको अग्रसरतामा सडक डिभिजन कार्यालय दाङले सडकको पहिरो हटाएर सडक सफाइ गरेपछि यातायात सञ्चालनमा आएको हो ।

अवरुद्ध सडक खुले पनि स्तरोन्नति नहुँदा उस्तै सास्ती भोग्नु परेको चालकहरुको गुनासो छ ।

यातायातका साधन सञ्चालन भएपछि पश्चिम रुकुमका स्थानीयहरुलाई नेपालगंज, सुर्खेतलगायतका ठाउँमा जान जाजरकोट जानु पर्ने वाध्यता हटेको छ ।

चौरजहारी सडक अवरुद्ध भएपछि त्यस क्षेत्रबाट वाहिर जाने यात्रुहरुले जाजरकोटको बाटो भएर यात्रा गर्ने विकल्प बनाउँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *