मिस प्लस टु–२०७४ को सम्पूर्ण तयारी पूरा

भरतराज शर्मा

काठमाडौँ, भदौँ २४ । बिग इभेन्ट नेपालको आयोजनामा आगामी भदौ २६ देखी हुने मिस प्लस टु–२०७४ को अन्तिम तयारी पुरा भएको छ । शनिवार धरानमा पत्रकार सम्मेलनमा गरी सो तयारी पुरा भएको बिग इभेन्ट नेपालका ईभेन्ट चिफ दोर्पध्वज राईले जानकारी दिएका छन् ।

आयोजक बिग इभेन्ट नेपालका निर्देशक तथा कार्यक्रमका संयोजक राईका अनुसार विगत एक महिनादेखि सहभागी युवतीहरुलाई विभिन्न विषयमा तालिमको आयोजना सँगै तालिम पुराभएसंगै सो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको हो । कार्यक्रमका लागी गत भदौ ४ गतेबाट अडिसन मार्फत २८ जना छनौट गरिएको थियो भने धरान बाहिर गरिएको अडिसनबाट ५जना गरी अहिले सम्म ३३ जना छनौट गरिएको थियो

यसअघि धरान बाहिर पाँचथर, झापा, मोरङ्ग, धनकुटा, उदयपुर र खोटाङ्गका युवतीहरुलाई समेत सहभागी गराईएको थियो । अडिसनमा कक्षा ११ र १२मा अध्यनरत तथा कक्षा १२ को परीक्षा दिएर बसेका १६ वर्ष देखि २२ वर्ष सम्मका किशोरीहरुले सहभागिता रहेको आयोजकले जनाएको छ । छनौट भएकाहरुलाई यही भदौ २६ गत अन्तिम प्रतिस्पर्धामा उत्रिने इभेन्टका निर्देशक तथा प्रचारप्रसार प्रमुख विकास चाम्लिङ राईले जानकारी दिए । प्रतियोगिताका उपाधि विजेताले नगद ४५ हजार ट्रफिसंगै स्नातक तहमा छात्रवृत्ति र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन ।

यस्तै फस्ट रनर अपले नगद २५ हजार र सेकेन्ड रनरअपले १५ हजार र छात्रवृत्त पाउनेछन् । यस बाहेक सहभागिहरुले मिस भ्युअर च्वाइस, मिस फ्रेन्डसिप, मिस ट्यालेन्ट, मिस वेस्ट क्याटवाक, मिस फोटोजनिक, मिस डिसिप्लिन, मिस ब्युटिफुल, मिस एक्टिभ टाइटलको उपाधि प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *