११ वर्षीय बालिकालाई मम खान जाउँ भनी जङ्गलमा लगी बलात्कार

भदाै २३, हेटाैडा । हेटौडामा एक नाबालीकालाई जबरजस्ती बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ ।

११ वर्षिय बालिकालाई बलात्कार गरी फरार रहेका मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडानंम्बर ८ घर भई हाल हेटौडा ९ लामसुरे बस्ने २९ वर्षका श्रीराम कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । यही भदौ ३ गते नाबालिकालाई कार्कीले मम खान जाउँ भनी फक्काई फुल्याई जिल्ला हेटौडा १५ को रातोमाटे जङ्गलमा लगी जवरजस्ती करणी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिकाशराज खनालले बताउनुभयो ।

फरार भएको घटना सम्बन्धमा निरन्तर मोटरसाइकल तथा निजको हुलियाको आधारमा अनुसन्धान गर्दै जाँदा लामो समयको कठिन अनुसन्धानपछी पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक मधुकर थापाले बताउनुभयो । कार्कीलाई ना २५ प ६३८३ नम्बरकोे २ सय २० सिसीको कालो पल्सर मोटरसाइकल सहित हेटौडा ८ पानी ट्याङकीबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

 उनलाई मुलुकी ऐन जवरजस्ती करणीको महल अनुसार कारबाही गर्ने तयारी भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *