दोलखामा माओबादी नेतामाथि खुकुरी प्रहार

“दोलखा, भदौ २२ । दोलखाको कालिञ्चोकमा माओवादी केन्द्रका एक स्थानीय नेतामाथि खुकुरी प्रहार भएको छ। विगु गाउँपालिका ४ स्थित झोरुङ खोलामा नेकपा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिकाका सह संयोजक राम ढुंगेल गम्भीर घाइते हुनुभएको हो । उहाँलाई विगु–४ कै ४५ वर्षका खड्ग बहादुर बुढाथोकीले खुकुरी प्रहरी गरेको दोलखा प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका उहाको चरिकोट स्थित चरिकोट अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौ पठाइएको दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

कामको सिलसिलामा लादुक पुगेका बुढाथोकीले बिहीबार दिउँसो ढुगेंललाई खुकुरी प्रहार गरेको बताइएको छ । प्रहरीका अनुसार पुरानो रिसइबीका कारण खुकुरी प्रहार गरिएको हो । खुकुरी प्रहार गर्ने बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *