यस्ता व्यक्ति यौन आनन्द लिनबाट चुक्छन्

बीबीसी । बैँसमा पोर्न अर्थात् अश्लील फिल्म हेर्ने पुरुषमा उमेर बढ्दै गएपछि त्यसको असर देखिने अमेरिकी शोधकर्ताहरूले दाबी गरेका छन् । नेब्रास्का युनिर्भरसिटीका शोधकर्ताहरूले गरेको अनुसन्धान अनुसार जति कम उमेरमा पुरुषले अश्लील फिल्म हेर्छन अरूको तुलनामा त्यति नै कम उमेरमै महिलाप्रतिको आकर्षण बढ्ने बताइएको छ ।

करिब २० वर्ष उमेर समूहका ३३० अण्डरग्रयाजुएट विद्यार्थीमाथि गरिएको सर्भेमा यो पत्ता लागेको हो । उनीहरूले औसतमा १३ वर्षमा नै अश्लील फिल्म हेरिसकेका थिए । अध्ययनमा सहभागी मध्ये एक जनाले ५ वर्षमै पहिलो पटक ‘पोर्न’ फिल्म हेरेका थिए । अर्को एक जनाले २६ वर्षको हुँदा मात्र पहिलो पटक अश्लील फिल्म हेरेको बताएका थिए ।

सर्भेबाट प्राप्त यो आँकडा अहिलेसम्म कतै प्रकाशित नगरेको अमेरिकाको वासिङ्टनमा आयोजित एक कार्यक्रममा शोधकर्ताहरूले बताए ।  मुख्य शोधकर्ता एलिसा बिसम्यान तथा उनको टिमले पुरुषसँग मात्र प्रश्न सोधेको बीबीसीले लेखेको छ ।

प्रश्नको जवाफ दिने अधिकांश हेट्रोसेक्शुयल थिए जसले पहिलो पटक झुक्किएर अथवा जानजानी पोर्न फिल्म हेरेका थिए । शोधका क्रममा उनीहरूलाई ४६ ओटा प्रश्न सोधिएको थियो । त्यसैको आधारमा शोधकर्ताको दाबी छ की जति सानो उमेरमा अश्लील फिल्म हेर्यो उत्ति नै सानो उमेरमा यौन उत्तेजना जाग्ने, महिलाप्रति आकर्षण र प्ले ब्वाई समेत हुने बताइएको छ ।

शोधले सानो उमेरमा पोर्न फिल्म हेर्नेले वास्तविक जीवनमा यौनसुखको  अनुभूति गर्न नसक्ने र उमेर बढेपछि पोर्न फिल्म हेर्नेहरूमा भने धेरै यौन चाहना हुने र यौनपार्टनर बदल्ने स्वभाव देखिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *