सर्पदंशबाट बच्न यस्ता छन् उपाय

भदाै २२, काठमाडौँ । तराई तथा पहाडी भूभागमा गर्मी तथा बर्खायाममा सर्पको बिगबिगी हुन्छ । सर्पको टोकाई (सर्पदंश) को समयमै उपचार नपाएर धेरैले अकालमा ज्यान समेत गुमाउने गरेका छन् । सर्पदंशबाट जोगिन चिकित्सकहरूले यस्तो सल्लाह दिएका छन् :

  • सर्प दिउँसो भन्दा राती बढी निस्कन्छ । त्यसैले राती घरबाहिर निस्कनु परे उज्यालो (टर्च, बत्तीहरू) बोकेर मात्रै निस्कने ।
  • खाली खुट्टा घर बाहिर ननिस्कने ।
  • सर्प बस्ने सम्भावित ठाउँहरू (जस्तैं दाउराको चाङ, पराल, ढुङ्गा तथा ईटा थुपारेको ठाउँ) मा चलाउनु परे लामो लठ्ठीले चलाउने ।
  • घर वरीपरिका झार, फोहोरको थुप्रो हटाउने र जमिनका प्वालहरू भए पुर्ने ।
  • घर वरिपरि खानेकुराहरू नफाल्ने । फालिएको खानेकुरा खान मुसा, भ्यागुता आउने हुँदा त्यहाँ सर्प पनि आउँछ ।
  • साना केटाकेटीलाई मुसाको दुलामा हात हाल्न, दाउराको चाङमा हात घुसाउने, झाडीमा जानबाट रोक्ने ।
  • शरीरमा पातलो कपडा भए पनि लगाउने । जसले सर्पले टोके पनि विष प्रवेशलाई केही मात्रामा भए पनि रोक्छ ।
    सर्पलाई नजिस्काउने ।
  • सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ । त्यस्तो अवस्थामा नचलाउने ।
  • सकेसम्म घरभित्र कुखुरा, हाँस, परेवाको खोर नराख्ने । यस्तो खोरमा जथाभावी हात नहाल्ने ।
  • राती सुत्दा झुलको प्रयोग गर्ने । सकेसम्म पलङ वा खाटमा मात्रै सुत्ने ।
  • पोखरी, तलाउ, खोला, नदीनालामा बिषालु सर्प पनि हुन सक्छन् । यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने ।

सर्पले टोके के गर्ने ?
सर्पले टोक्ने बितिकै मानिस मर्दैनन् । सबै सर्पको टोकाई विषालु पनि हुँदैन । सर्पले टोकेको मानिसलाई नडराउन सबैले सान्त्वना दिनुपर्छ । सर्पले टोकेपछि गाउँघरमा गरिने परम्परागत उपचारबाट बिरामीलाई टाढै राख्ने । बिरामीलाई सकेसम्म छिटो उपचार केन्द्र पुर्‍याउने ।

स्रोत : बर्दिवास सर्पदंश उपचार केन्द्र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *