स्वस्थ रहन अावश्यक याैन
“
एजेन्सी । हालै गरिएको एउटा सेक्स्युअल हेल्थ सर्भेका अनुसार अधिकांश महिला यौन आनन्द लिदैनन् । यो सर्भेका अनुसार महिलाहरू यौन आनन्दका लागि होइन, उनीहरूका लागि यो एउटा ‘सम्झौता’ हुने गरेको छ ।
हेल्दी विमेन नामक सङ्गठनले १ हजार ३१ महिलाको सेक्ससँग सम्बन्धित व्यवहारको अध्ययन गरेको थियो । सर्भेमा महिलाहरू सेक्सबाट हुने फाइदाका बारेमा अनजान रहेको पाइयो । ५१ प्रतिशत महिलाले थाहा थियो कि सातामा कहिलेकाहीँ गरिने सेक्स स्वास्थ्यका लागि उत्तम हो । केवल ३० प्रतिशत महिलाले राम्रो स्वास्थ्यका लागि बढी गर्न सेक्स गर्नु आवश्यक रहेको बताएका थिए । १ दशमलव ४२ प्रतिशत महिलाले आफ्नो पूर्ण स्वास्थ्यका लागि उत्तम सेक्स्युअल हेल्थ जरुरी रहेको स्वीकार गरेका छन् ।
हेल्दी विमेनका इग्जेक्टुटिव डाइरेक्टर एलिजाबेथ बैटेगलिनोले भनिन्, सक्रिय सेक्सले जीवन साथीसँगको निकटता त बढाउँछ नै साथै यसले तनाव पनि कम गराउने उनीहरूको ठहर गरेका थिए । यति मात्र होइन, यसबाट इम्युन सिस्टम पनि मजबुत हुने गर्दछ । यसका साथै शारीरिक तन्दुरुस्ती पनि कायम रहन्छ । अध्ययनका अनुसार ६३ प्रतिशत महिला सेक्सलाई आफ्नो साथीसँग निकट ल्याउने माध्यम मान्दथे । तर, यसमध्ये ४२ प्रतिशत महिला आफ्नो सेक्स लाइफबाट पूर्णतः असन्तुष्ट भएका थिए ।
ख्यातिप्राप्त मनोरोग विशेषज्ञ मनाओमी ग्रीनब्लैटका अनुसार महिलाहरू सेक्स इन्जोय गर्नुको सट्टा सम्झौताका रूपमा मात्र बढी लिने गर्दछन् । ग्रीनब्लैटका अनुसार महिला भन्छन् कि उनीहरु दिनको २४ घण्टामा कहिलेकाहीँ सेक्सलाई प्राथमिकतामा राख्दैनन् । उनका अनुसार अधिकांश महिला यो बुझ्दैनन् कि सेक्सले जवान देखिन समेत सहयोग गर्दछ । जुन महिला सातामा चार पटकसम्म सेक्स गर्दछन् उनीहरू आफ्नो उमेर भन्दा दश गुना बढी जवान देखिन्छन् ।
“