बिकिनी छोटो भएपछि प्रतियोगिताबाटै आउट

मिस अमेरिकाका लागि आयोजना हुँदै आएको मिस कोलम्बियाकी एक सहभागीलाई छोटो बिकिनी लगाएका कारण प्रतियोगिताबाटै निस्कासित गरिएको छ ।

मिस कोलम्बियाकी प्रबल दावेदारका रूपमा प्रस्तुत भएकी २१ वर्षीया पाओला बुइलिसले प्रतियोगितामा सहभागी हुने क्रममा खिचाएको बिकिनी फोटोसूटमा आयोजक समितिले तोकेभन्दा कम साइजको बिकिनी लगाएको आरोप छ ।


उता पत्रकारिताकी छात्रा पाओलाले भने आफूले आयोजक समितिले तोकेको मापदण्डकै बिकिनी लगाएको दाबी गरेकी छन् ।

मिस एन्टिक्वाको उपाधिसमेत जितेकी पाओला मिस अमेरिकाकै दावेदार हुन सक्ने बताइँदै आएको थियो । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =