कृषि तथा वन विज्ञानको अध्ययन प्राथमिकतामा रहेको प्रधानमन्त्रीको भनाइ

काठमाडौं, भदौ २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले कृषि तथा वन विज्ञानको अध्ययन, अध्यापन, अनुसन्धान र प्रसार राष्ट्रिय आवश्यकता एवं प्राथमिकताको विषय भएको बताउनुभएको छ । आज काठमाण्डौमा आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको छैठौँ साधारण बैठकमा उहाँले विश्वविद्यालयको विकास र विस्तारका लागि आंगिक कलेज र कृषि विज्ञान केन्द्र स्थापना तथा सञ्चालन गर्ने कार्य महत्वपूर्ण हुने बताउनुभयो ।

यसका लागि सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयबीच सम्पत्ति हस्तान्तरण, जनशक्तिको समायोजन र शैक्षिक कार्यक्रमको व्यवस्थापनमा देखा परेका समस्या समाधानका लागि मन्त्रिपरिषद्बाट यसअघि भएको निर्णय छिटो कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

कृषिको आधुनिकिकरण गर्दै ग्रामीण समुदायको सामाजिक तथा आर्थिकस्तर उठाउन कृषि, वन, पशु, विज्ञान जस्ता क्षेत्रसँग सम्बन्धीत विषयको एकीकृत रुपले अध्ययन, अध्यापन, अनुसन्धान गराई मुलुकभित्रै उच्चस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०६७ असार ३ गते विश्वविद्यालयको स्थापना भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *