एनआइसी एशिया बैंकको पुनः शेयर धितो कर्जा योजना सञ्चालनमा
मकालु खबर
२०७४ जेठ १५ गते
“
भाद्र २०, काठमाडौं । एनआइसी एशिया बैंकले शेयर धितो कर्जा कर्जा योजना पुनः शुरु गरेको छ । सरल कर्जा प्रक्रिया, न्यूनतम कागजी आवश्यकता तथा २ दिन मै कर्जा प्रवाह गर्ने व्यवस्था सहित बैंकले शेयर धितो कर्जा पुनः शुरु गरेको हो ।
यस कर्जा अन्तर्गत गाहकहरुले न्यूनतम रु २५ लाख देखि अधिकतम रु १० करोडसम्म आफूसँग रहेको शेयर धितोमा राखी कर्जा उपभोग गर्न सक्ने बैकले जानकारी दिएको छ ।
नेपाल स्टक एक्सचेन्जमा सूचिकृत साधारण तथा संस्थापक शेयर धितो राखी शेयर धितो कर्जा उपलब्ध गराईनेछ । यो सेवा बैंकको सम्पूर्ण १२० शाखाहरुबाट उपलब्ध हुनेछ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित