सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ १९ । सोमबार पनि सेयर बजार ओरालो लाग्नेक्रम थामिएन । यसदिन बजारमा दोहोरो अंकको गिरावट आयो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से २५ अंकले झरेर १५ सय ५४ मा आएर थामियो ।
बिमा समूहमा सबैभन्दा उच्च १ सय ३६ अंकको गिरावट आयो । विकास बैंक समूह ३६ अंकले र बैकिङ समूह २५ अंकले झर्यो । कारोबार भएका अरु समूह भने सामान्य अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५२ कम्पनीहरुको १५ लाख ७० हजार कित्ता सेयर ८४ करोड रुपैयाँमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








