मन्त्री यादवले बरालिएर मन्त्रालय सम्हाल्दै : दुई हरिहरु भन्दा बेसी जात्रा देखाए

काठमाडौँ भदौँ १८ । नेपाल कृषि प्रधान देश हो भने अहिलेसम्म जग हसाउने मन्त्रालय पनि यहिँ मन्त्रालयका मन्त्रीहरु हुन् । असार १५ को धान दिवसमा महिला उफार्ने, चलचित्र हेरेर रुने कृषि विकास मन्त्रीहरुको कार्यकालजसरी नै हालका कृषि मन्त्री रामकृष्ण यादवको पनि कार्यकाल सकिने अनुमान लगाउन थालिएको छ । ‘कृषि क्षेत्रमा अरूभन्दा म पाको छु’ भनेर नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई यादवले बिन्ती बिसाएसँगै देउवा सरकारमा कृषि विकास मन्त्री बन्न सफल भएका थिए । तर,उनी कृषि सम्बन्धिका कामहरु थाती राखेर  नचाहिदो कार्यक्रममा बरालिएर हिँड्ने गरेका छन् ।

नेता पौडेल खेमाबाट मन्त्री बनेका उनले काम भन्दा गफ धेरै गरेको भन्दै पार्टीभित्रका केही नेताहरू मुरमुरिन थालेका छन् । ‘तराई क्षेत्रमा के कस्तो बाली नाली सप्रन्छ त्यो सबै मलाई थाहा छ । यसअघि अरूले के के गरे त्यो म जान्दिन तर मन्त्री भएर गएको भोलिपल्ट नै तराइका सुख्खा क्षेत्रमा स्याले टयूवेल वितरण गर्छु । यो मेरो पहिलो प्राथमिकता हो ।’ यादवले सपथ खाएको भोलिपल्ट सञ्चारकर्मीलाई जवाफ दिएका थिए ।

दुर्भाग्य के भयो भने,उनी मन्त्री भएको केही दिनमै उक्त ट्यूवेल वितरण गर्ने टेण्डरको म्याद सकिन नपाउँदै तराईमा बाढी आयो । हजारौँ घर विस्थापित भए । सयौँले ज्यान गुमाए । हप्तौ दिनसम्म तराईमा डुवान भयो भने हजारौँ किसानहरूको अर्बाैको बालीनाली नष्ट भए । तर, बाढीपीडित किसानहरूले राहत पाउन सकेका छैनन् । कृषि मन्त्री यादवले भाद्र १० गते भित्र बाढी पीडित किसानका लागि विशेष कार्यक्रम ल्याउने घोषणा पनि गरे तर उनले बोलेको शब्द अहिले गुमनाम छ ।

अविरल वर्षाका कारण आएको बाढीले तराईका किसानहरूले लगाएको बाली सोहोर बढार गरेर लग्यो तर मन्त्रालयसँग यसबारे अब कस्तो रणनीति अपनाउँने कुनै निष्कर्ष छैन । ठ्याक्कै यादव कृषि मन्त्री बन्नुभन्दा १४ वर्ष अगाडि कृषि विकास मन्त्रालय नेपाली काँग्रेसको भागमा परेको थियो । त्यो समय फेरि घुमेर आएको छ, १४ वर्ष पछि काँग्रेसले कृषि विकास मन्त्रालयको पाएको छ । त्येतिबेला पनि यस्तै महत्त्वपूर्ण भाषण गरेर जग हसाउने भन्दा अरू काम भएको थिएन ।

यादवको कार्यकाल पनि यस्तै ;

तत्कालीन ओली सरकारका कृषि मन्त्री हरि पराजुलीले असार १५ मा महिलामाथि नचाहिँदो हर्कत गरेपछि मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । यससँगै प्रचण्ड सरकारमा कृषि विकास मन्त्री हरिबोल गजुरेल ‘राहदानी’ चलचित्र हेरेर रोएसँगै आलोचित हुनुपरेको थियो । उनले पनि आफ्नो कार्यकालमा गोपिकृष्ण मुभिजमा गएर रुने काम मात्रै गरेको आम सर्वसाधारणको बुझाइ छ । त्यसैले यादवसँग पनि कृषि क्षेत्रमा दीर्घकालीन त्यस्तो कुनै योजना छैन । बाढीपीडितहरुका लागि यो गर्छु÷त्यो गर्छु भन्ने कृषि विकास मन्त्री रामकृष्ण यादवले बाढी पीडित किसानहरूलाई लक्षित कार्यक्रम घोषणा गर्न सकेका छैनन् । उनले अरू केही गर्न नसकेपनि बाढीपीडित किसानहरुका लागि नयाँ कार्यक्रम ल्याउन केही तयारी थाल्नु पर्दथ्यो तर त्यो ल्याउन छाँटकाँट नदेखिएको मन्त्रालयका एक कर्मचारीले गुनासो पोखे । ‘ बाढीपीडितका लागि केवल दुईचार पोका वीउ वितरण गर्दैमा किसानहरूले राहत पाउदैनन् । मन्त्रीज्यू सवारीमा हुइकिने र ठूल्ठूला भाषण गरेर हिँड्नुहुन्छ तर काम केही गर्नुुहुन्न ।’उनी भन्छन् ।

आशा निराशामा

त्यसो मन्त्री यादवले संसदीय समितिको लेखा समितिमा बसेर राम्रै अनुभव लिएका व्यक्तिमा समेत हुन् । पौडेलले यादवलाई मन्त्री बनाउनुको मुख्य कारण पनि यहीँ हो । अघिल्लो मन्त्रीहरुभन्दा कृषि क्षेत्रमा राम्रै नमुना काम गर्लान् कि भन्ने आशा धेरैले लिएका थिए । तर, त्यो आशा निराशामा परिणत गरेको काँग्रेस निकट कर्मचारीहरुले खेदो खन्न थालेका छन् । ‘मन्त्री बन्नुअघि नानाथरि कुरा गर्ने अहिले त केही नगर्ने रहेछन्’भन्दै
यादवको शैलीबाट रुष्ट हुन थालेका छन् । कृषि मन्त्रीले किसानमुखी कार्यक्रम घोषणा गर्न नसकेको उनीहरूको आरोप छ । यसअघि रुन्चे कृषि मन्त्री हरिबोल प्रसाद गजुरेल मन्त्रीले बनाएको २७ बुँदे प्रतिबद्धता जारी गरे पनि त्यो त्यतिमै सीमित भएको उनीहरुके आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *