तपाईँलाई कुनै केटीले मन पराउँछे कि पराउँदिन यसरी थाहा पाउनुस्

एजेन्सी । हरेक पुरुषलाई आफूसँग कुनै स्त्री आकर्षित हुन्छे कि हुन्न भन्ने चासो र चिन्ता हुन्छ । तपाईँ कुनै केटीले तपाईँलाई मन पराउँछे कि मन पराउँदिन भन्ने जान्न चाहनु हुन्छ भने यी कुरा विचार गर्नुस् ।

१. कुनै पनि केटीले तपाईँलाई मन पराउँछे भने उसले तपाइसँग बोल्दा आफ्नो कपाल टोक्ने गर्छे । आफ्नो कपाल चलाउँदै कुनै युवती तपाईँसँग बोल्छे वा बोल्दा कपाल चलाइरहन्छे भने बुझ्नुस् उसले तपाईँलाई मन पराउँछे र तपाईँको ध्यान खिच्न चाहन्छे ।

२. यदि कुनै केटीले तपाईँसँग घुमफिर गर्न वा समय बिताउन तयार हुन्छे भने बुझ्नुस् उसले तपाईँलाई मन पराउँछे । यो साथीको रूपमा होस् वा प्रेमकै रूपमा ।

३. यदि तपाईँसँग कुनै केटीले आँखा जुधाएर कुरा गर्छे भने बुझ्नुस् उ तपाईँसँग नजिक हुन र कुरा सुन्न चाहन्छे । तर, आँखा अन्तै राखेर कुरा गर्ने केटीले या त तपाईँको कुरा मन पराएका छैनन् या उनीहरू तपाईँसँग नजिक अनुभव गर्दैनन् भन्ने बुझाउँछ ।

४. केटीहरू त्यस्ता केटासँग कुरा गरेर समय बर्वाद गर्दैनन् जो उनीहरूलाई मन पर्दैनन् । तपाईँसँग कुरा गर्न इच्छुक केटीले तपाईँलाई मन पराइरहेकी पनि हुन्छे ।

५. कति कति बेला केटीहरू अलि चर्को स्वरमा केटासँग कुरा गर्छन् । यसो गर्नु सधैँ रिसाएको मात्र होइन कहिले काँहि खुसी नै रहेको तर प्रेम बुझाउनका लागि पनि गर्छन् । तपाईँको कुरा मन पराउने केटीले मात्र तपाईँसँग चर्को स्वरमा कुरा गर्छन् ।

६. तपाईँलाई मन पराउने युवती तपाईँसँग हुँदा हाँसी खुसी देखिन्छन् । उनीहरूले तपाईँसँग रहेको समय हाँसी खुसी खुसी मै बितेको देखाउन चाहन्छन् । तर, बाटोमा कुनै केटीले हाँस्दैमा भने यसको अर्थ त्यस्तो हुँदैन ।

७. तपाईँसँग भेट्न आउँदा चिटिक्क परेर वा बनेर आउने केटी पनि तपाईँलाई प्रभाव छोड्न चाहेको बुझ्नुस् । अरुबेला वास्ता नगर्ने तर तपाईँलाई भेट्न आउँदा भने सम्हालिने केटीले तपाईँलाई मन पराउँछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *