चुलियो कांग्रेसमा विवाद : निधिसंग पौडेल पक्षीय नेताहरु आक्रोशित

काठमाडौं, भदौ १८ । कांग्रेसमा प्रदेश २ को उम्मेदवार छनौटको विषयमा विवाद चुलिएको छ ।  विवादकै कारण कांगै्रसले शनिवार पनि उम्मेदवारको नाम टुंग्याउन सकेन ।

शनिवार रातिसम्म बसेको बैठकमा उम्मेदवार छान्ने विषयमा विवाद बढ्दै जाँदा महामन्त्री शाशंक कोईरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरु बैठक छाडेर निस्केका थिए ।

पुर्वमहामन्त्रीसमेत रहेका  कांग्रेस केन्द्रिय सदस्य विमलेन्द्र निधिले एकलौटी ढंगले उम्मेदवार छनौट गर्न लागेको भन्दै पौडेल पक्षीय नेताहरु आक्रोशित भएका हुन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *