ट्रयाक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

भाद्र १७, नवलपरासी । नवलपरासीको विनयी त्रिबेणी गाउपालिका-६ शिवपुर गढी स्थित रहेको पिपलको बोट नजिक शनिवार साढे सात बजे ट्रयाक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बेलाटारीले दिएको जानकारी अनुसार शिवपुरगढी वाट त्रिबेणी तर्फ जाँदै गरेको लु २ त १८९३ नम्बरको ट्रयाक्टरले खेली रहेको बालक लाई ठक्कर दिँदा घाइते भई उपचार का लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपाता ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालक सोही ठाउँ बस्ने अंगद सहानी को २ वर्षीय छोरा विकाश सहानी रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक केशव सिहं थापाले बताए। ट्रयाक्टरलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *