व्यवस्थित बन्दै विषादीको प्रयोग

ललितपुर, १६ भदौ । नेपालमा विषादीको बिक्री वितरण व्यवस्थित बन्न थालेको छ । सूचीकृत विषाधीमात्रै बिक्री गर्ने र अनुमतिपत्र लिएका खुद्रा विक्रेताले बिक्री गर्ने क्रम बढ्दा विषादीको बिक्री व्यवस्थित बन्दै गएको हो । पहिले जुनसुकै पसलमा सहजरुपमा विषादी पाइन्थ्यो । अहिले विषादी जुनसुकै ठाउँमा किन्न नपाइने कृषि विभागअन्तर्गतको विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाले जनाएको छ ।

विषादी बिक्री गर्ने खुद्रा विक्रेताको सङ्ख्या नेपालमा बढ्दै गएको विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाका वरिष्ठ प्राविधिक कृष्ण प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले किराना पसलदेखि जुनसुकै ठाउँमा किनबेच थियो, अहिले त्यो छैन ।”

शाखाको तथ्याङ्कअनुसार विषादीको बिक्री गर्ने विक्रेताको सङ्ख्या बर्सेनि बढिरहेको छ । अहिले देशभर चार हजार ४८१ वटा विषादी पसल सञ्चालनमा छन् । आव २०७१÷७२ मा ८४६ विषादी पसलका लागि अनुमति लिएका थिए भने ७२६ वटाको नवीकरण भएको थियो । आव २०७२/७३ मा ९३८ वटाले अनुमति पत्र लिएका थिए भने ४६४ को नवीकरण भएको थियो । आव २०७३÷७४ मा नवीकरण ७२६ वटाको तथा अनुमति पत्र ८४६ वटाले लिएका थिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *