यस कारण आजभोलि गुगलका सेवाहरू ढिला खुल्दै


“
भदौ १६, काठमाडौँ । नेपाली प्रयोगकर्ताहरुले आजभोलि गुगलका सेवाहरू ढिला खुल्ने गरेको गुनासो गर्न थालेका छन् । पछिल्ला केही दिनमा जीमेल, गुगल सर्चसँगै युट्युव पनि ढिलो खुल्ने र युट्युवमा बफरिङ समय लाग्ने गरेको देखिएको छ । केही बर्षयता नेपालमा गुगलका सेवा निकै द्रुत गतिमा खुल्दै आएका थिए । तर, अचानक किन यस्तो भयो भनेर प्रयोगकर्ताहरुले अहिले इन्टरनेट सेवा प्रदायकहरुलाई सोधपुछ गरिरहेका छन् ।
गुगलका सेवाहरू ढिलो खुलिरहेको पुष्टि गर्दै नेपाल इन्टरनेट सेवा प्रदायक सङ्घ-इस्पानले त्यसो हुनुमा इन्टरनेट सेवा प्रदायक नभई गुगल नै जिम्मेवार रहेको बताएको छ ।
‘गुगलले विगत ४ वर्ष देखि आफ्नो एप्लिकेसन्स -जस्तै जिमेल र यूट्युबको क्षमता सुधारका लागि नेपालको स्थानीय इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सर्भर राखी रहेको थियो’ इस्पानले विज्ञप्ति जारी गर्दै भनेको छ- तर, अहिले गुगलले नेपालका आईएसपी कम्पनीसँग अलग भएर आफ्नै नयाँ सरभर राख्ने तयारी गरेको छ । जसले गर्दा कम्पनीहरुमा राखिएका सर्भर स्तररोन्नती गरेको छैन । यही कारण बढी प्रयोग हुने समय (बेलुका) मा सर्भरको क्षमता अपुग भई ढिला हुन गएको हो ।’
इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले गुगललाई बारम्बार गरेको अनुरोधका बाबजुद पनि स्तर उन्नति हुन नसकेको उसले बताएको छ । अर्काे गुगलले आफ्नो सरभर राख्न पनि ढिलाइ गरी रहेको छ । जबसम्म गुगलले आफ्नो सरभरको स्तरोन्नती गर्दैन तबसम्म नेपालका इन्टरनेट प्रयोगकर्ताहरुले गुगलका एप्लिकेसन्स जिमेल, यूट्युब आदि ढिलो खुल्ने अवस्थाको सामना गर्न बाध्य हुने इन्टरनेट सेवा प्रदायकहरुले जनाएका छन् ।
“
