प्रदेश नम्बर २ मा उम्मेद्वार छान्दै प्रमुख दल

काठमाडौं, भदौ १६ । प्रमुख दलहरु स्थानीय तहको चुनावका लागि उम्मेद्वार छान्न व्यस्त भएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेद्वारको टुंगो लगाएको छ ।

कांग्रेसले आज उम्मेदवार सार्वजनिक गर्ने तयारी गरेको छ । सबै तहमा उम्मेद्वारको टुंगो लगाइएपनि हिजो प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा राजधानीबाहिर भएकाले आज मात्रै सबै नाम सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।

यस्तै एमालेले शनिबारसम्म उमेद्वारको टुंगो लगाउने तयारी गरिरहेको छ भने माओवादी केन्द्रले उमेद्वारको छनौटको काममा केहि दिन लाग्ने बताएको छ । राजपाले पनि आइतबार सबै उम्मेद्वार छनौट गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *