यस्तो छ ‘ऐश्वर्य’को टीजर (टीजरसहित)

काठमाडौं, भदौ १५ । कात्तिक २ गतेबाट रिलिज मिती तय गरेर पुन आफ्नो प्रदर्शन मिती सार्दै कात्तिक ९ गतेलाई रिलिज फाइनल गरिएको फिल्म ‘ऐश्वर्य’को टीजर सार्वजनिक भएको छ । ‘तिमी रोएको पल’ बोलको गीतबाट नै चर्चामा रहेको ‘ऐश्वर्य’को टीजरमा ऐश्वर्यका लागि रमेश उप्रेती र प्रशान्त ताम्राकारको टिजरमा टक्कर देख्न सकिन्छ ।

निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । फिल्ममा रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । ‘ऐश्वर्य’लाई सुदीप बरालले खिचेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *