केरुङ अब अन्तर्राष्ट्रिय नाका

काठमाडौं, भदौ १५ । नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङलाई नाका खुलाउन सरकारले आग्रह गरेको दुई साता नबित्दै चीनले केरुङलाई अन्तर्राष्ट्रिय नाकाका रुपमा सञ्चालनमा ल्याएको छ ।

केरुङलाई अन्तर्राष्ट्रिय नाकाका रुपमा सञ्चालनमा ल्याइएको घोषणा बुधबार ल्हासामा गरिएको हो ।

रसुवा भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरुले केरुङलाई चीनले अन्तर्राष्ट्रिय नाकाका रुपमा घोषणा गरिएको बताए । उनले भने, ‘यो निर्णय भदौ १६ देखि लागू हुनेछ । यसले यो क्षेत्रलाई पर्यटर्की हवका रुपमा विकास गर्नेछ ।’

चीनले नेपालसँग सीमा जोडिएको नाकालाई अन्तर्राष्ट्रिय नाकाका रुपमा घोषणा गरेको यो पहिलो हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *