कक्षा १२ को नतिजा आज सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

“काठमाडौं, भदौ १५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा अाज (बिहीबार) साँझ ५ बजे सार्वजनिक गर्ने भएको छ । गत बैशाखमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा बोर्डले र्सावजनिक गर्न लागेको हो । बिहीबार मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा प्रकाशित गरिन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डले विज्ञान समूहको नतिजा भने यस अघि नै प्रकाशन गरिसकेको छ ।

नतिजालाई एसएमएस बाटै मोबाइलमा समेत हेर्न सकिने छ । त्यसको लागी आकाश एसएमएस (Aakash SMSको एसएमएस सेवा मार्फत मोबाइलमा एनइबी (एक स्पेस) सिम्बोल नम्बर लेखेर ३१००३ मा एसएमएस पठाउँन सकिने छ ।

उदाहरण  : “”NEB 1234567″” and SMS to 31003

यसरी NEB  सिम्बोल नंम्बर लेखेर 31003 मा SMS पठाई सकेपछि तुरुन्तै तपाईंको नतिजा सहितको एसएमएस तपाईंकै मोबाइलमा प्राप्त हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *