कैलालिमा ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु

बिष्णु जोशी
धनगढी, भदौ १४ । राष्ट्रिय युवा महासंघ नेपाल कैलालिको आयोजनामा ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ। निफनका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्वमा भएको तालिममा गौेरीगंगा नगरपालकिाका नगर प्रमुख भिम बहादुर देउवा प्रमुख आतिथ्य रहनु भएको थियो ।

कैलालि जिल्लाका ५ वटा स्थानिय तहका २७ जना युवाको सहभागिता रहेको तालिमको एक कार्यक्रमका बिच प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख देउवाले युवाहरुको क्षमता अभिबृद्धीको कार्यक्रम सञ्चालन हुनु आफैमा राम्रो कार्य भयको भन्दै नगरपालिकाको तर्फबाट सदैब सहयोग गर्न तयार रहको बताउनु भएको छ ।

नगरपालिका भित्र बिभिन्न एन।जी।ओ।,आई।एन।जी।ओ।लगायतका संघ संस्थाका कार्यक्रम एक द्वार प्रणालीबाट सञ्चालन हुनुपर्ने बीचार राख्नु भएको थियो। प्रशिक्षक प्रशिक्षण तालिमा ईलाका प्रहरी कार्यालयका मसुरीयाका प्रहरी नायव निरीक्षक मदनराज जोशी, पत्रकार महासंघका कैलाली सदस्य दिनेश दहीत, लगायतकाको सहभगीता रहेको थियो भने कार्यक्रमको सञ्चालन डील्ली चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *