भारतको मुम्बई डुबानमा, १ करोड ६० लाख मानिस प्रभावित

मुम्बई, भदौ १४ । भारतको मुम्बईमा भारी वर्षाका कारण भएको डुबानबाट १ करोड ६० लाख मानिस प्रभावित भएका छन् ।

भारी वर्षाका कारण मुम्बईका अधिकांश भूभाग जलमग्न भएका छन् । डुबानले हवाई र रेलवे सेवासमेत अबरुद्ध बनेका छन् भने विद्यालय र कलेज बन्द गरिएका छन् ।

मुम्बईको एक अस्पताल पुरै डुबानमा परेकाले त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ । भारी बर्षाका कारण सयौं सवारी साधन सडकको बीचमै रोकिएका छन् ।

मौसमविदहरुले बर्षा अझ केही दिन रहने बताएका छन् । डुबान प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *