बाढीले क्षति पु¥याएको सडक मर्मतको जिम्मा सेनालाई दिएकोप्रति मन्त्रालय असन्तुष्ट

काठमाडौं, भदौ १३ । सरकारले प्रदेश नम्बर–२ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचन अगावै बाढी–पहिरोले क्षति पु¥याएको सडक मर्मत र पुनःनिर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ । सुरक्षा तथा सजिलै आवत–जावतका लागि सडक, ढल, कुलो र गोरेटो मर्मत तथा पुनःनिमाण छिटो बनाउन सेनालाई जिम्मा दिने निर्णय सरकारले गरेको हो ।

सरकारले दिएको जिम्मेवारी अनुसार सेनाले काम शुरु गरिसकेको छ । तर सरकारको यो निर्णयमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले भने असन्तुष्टी जनाएको छ । मन्त्रालयले सडक पुनःनिर्माणको काम आफूहरुलाई नदिएकोमा घुमाउरो पारामा असन्तुष्टि जनाएको हो । संचारकर्मीसंग कुराकानी गर्नुहुँदै भौतिक पुर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले सरकारले आफूहरुलाई जिम्मा दिए काम गर्न तयार रहेको बताउनुभयो ।

बलायरले भन्नुभयो, “हामी जतिखेर पनि तयार छौं, मन्त्रीपरिषद्ले हामीलाई जिम्मा दियो भने काम गछौं ।” उहाँले प्रश्न गर्नुभयो, “यत्रो देशको जनशक्ति हामीसँग छ, प्रविधि र प्राविधिक कर्मचारी हामीसँग छन्, हामीले नसके कसले सक्छ ?”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *