प्रदेश दुर्इको चुनाव सुरक्षामा सात चुनौती

काठमाडौं, भदौ १३ । सरकारले असोज २ गते हुने तेस्रो चरण स्थानीय तह निर्वाचनको सुरक्षामा ७ मुख्य चुनौती पहिचान गरेको छ। दुई नम्बर प्रदेशको स्थानीय चुनावमा सिके राउत समूह, विप्लव नेतृत्वको माओवादी र विभिन्न सशस्त्र समूहको चुनौतीलाई सबैभन्दा गम्भीर आकलन गरिएको छ। सरकारले चुनावी सुरक्षाका लागि आफ्नो सबैखाले सामथ्र्य केन्द्रित गर्ने भएको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

 

२६ हजार ९८ जना प्रहरीसहित सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी एकीकृत ढंगले परिचालन गर्ने निर्णय सरकारले गरिसकेको छ। आठ जिल्लामा हुने चुनावका लागि तीन हजार पाँच सय ६७ मतदान केन्द्र हुनेछन्।

तीन हजार सुरक्षाकर्मी थपिने
यसैबीच, असोज २ गते हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि बारामा मात्रै झन्डै तीन हजार नेपाल र सशस्त्र प्रहरी थपिने भएका छन् । निर्वाचन मिति नजिकिँदै जाँदा दुवै सुरक्षा निकायले बाहिरबाट थप सुरक्षाकर्मी ल्याउने योजना बनाएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *