निर्वाचनका कुनै पनि गतिविधिमा बालबालिकालाई प्रयोग नगर्न÷नगराउन आयोगको आग्रह

“
काठमाडौं, भदौ १२ । निर्वाचन आयोगले स्थानीय तहको तेश्रो चरणको निर्वाचन तथा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका कुनै पनि गतिविधिमा बालबालिकालाई प्रयोग नगर्न÷नगराउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । शिक्षा मन्त्रालय, अभिभावक संघ नेपाल , केन्द्रीय बाल कल्याण समिति , हिसान नेपाल, राष्टिय मानवअधिकार आयोग , प्याब्सन , एन प्याब्सन लगायत संघ संस्थाका प्रतिनिधिसंग छलफल गर्दै आयोगले निर्वाचनका गतिविधिमा बालबालिका प्रयोग हुन सक्ने तर्फ सचेत र गम्भीर बन्न आग्रह गरेको हो ।
आयोगले सोमबार आफ्नै कार्यलयमा सरोकारवाला निकायका प्रतिनिधिसंग छलफल गर्दै निर्वाचन सम्बन्धी गतिविधिमा संलग्न नगराउने तथा संलग्न हुन हुदैन भन्ने चेतना बालबालिकामा दिन आग्रह गर्यो । छलफलमा सहभागी सरोकारवाला संस्थाका प्रतिनिधिले आगामी निर्वाचनमा बालबालिकालाई निर्वाचनको कुनै पनि गतिविधिमा सहभागी नगर्न÷नगराउने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै स्थानिय तहको तेश्रो चरण तथा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्बन्धी कुनै पनि गतिविधिमा कलिला बालबालिकालाई प्रयोग नगर्न नगराउन सबैलाई अपिल गरेका छन् ।
“








