जब सडकमा मान्छेको मासु बेच्न थालियो !

एजेन्सी । बेलायतको राजधानी लण्डनको ट्राफेल्गर स्क्वाएरमा हरेक दिनजस्तै शनिवार पनि मानिसहरूको चहलपहल थियो । मानिसहरू व्यस्त थिए । सोही समयमा मानिसहरूको ध्यान चोकको बिचमा मान्छेको मासु बेचिरहेका केही व्यक्तिहरुतर्फ खिचियो । बिच सडकमा रगतले लतपतिएका युवतीहरूको शरीरसँगै रहेका केही मानिसहरूले ती युवतीको जीउको मासु किन्न अपिल गरिरहेका थिए ।

बिकिनी पहिरिएका र जीउमा रगत लतपतिएका केही अर्धनग्न युवतीहरुको शरीर सडकमा पल्टाइएको थियो । मानिसहरू त्यो दृश्यलाई हेरेर आश्चर्य मानिरहेका थिए । ती युवतीका जीउहरुमा ‘मान्छेको मासु’ भन्ने ट्याग लगाइएको थियो ।

वास्तवमा जनावरमाथिको भेदभावको विरोधमा यस्तो गरिएको थियो । सडकमा त्यसरी लडाइएका राताम्मे सरीरहरु मृत शरीर थिएनन र मासु बेच्नका लागि राखिएको थियो ।

जनावरको प्राणको पनि मान्छेको प्राणको जत्तिकै मूल्य हुन्छ, जनावरलाई पनि बाँच्ने अधिकार हुन्छ भन्दै अभियानकर्मीहरुले साकाहारी बन्न अपिल गर्दै जनचेतना जगाउन यस्तो अनौठो विधिको प्रयोग गरेका रहेछन् । डाइरेक्ट एक्सन एभि्रह्वेयर नामक संस्थाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *