टेक्ससमा समुद्री आँधीमा परी पाँच जनाको मृत्यु, दुई हजारभन्दा बढीको उद्धार
“
काठमाडौं, भदौ १२ । अमेरिकाको टे टेक्ससमा आएको समुद्री आँधी हार्भेमा परी पाँच जनाको मृत्यु भएको छ ।
हस्टन र वरिपरीबाट दुई हजारभन्दा बढीको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् । लगातार आँधी र पानी परिरहेकाले जनजीवन अस्तव्यस्त बनेको छ ।
कहाँ के कति जनधनको क्षति भयो भन्ने कुनै आंकलन गर्न नसकिएको टेक्सास राज्यका गभर्नरले बताएका छन् ।
मानिसहरुलाई सार्वजनिक आश्रयस्थलहरुमा राखिएको छ । अमेरिकाको राष्ट्रिय मौसम केन्द्रले परिस्थिति कल्पना गरेभन्दा बाहिर पुगेको जनाएको छ ।
२५० भन्दा बढी सडक मार्गहरु बन्द हुँदा आवागमन ठप्प भएको छ । विमानस्थल बन्द गरिएको छ ।
१३ वर्ष यताको सबैभन्दा खतरनाक मानिएको यस आँधी बुधवारसम्मै कायम रहने बताइएको छ ।
२ सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको आँधीले तटीय क्षेत्र बढी प्रभावित भएको छ ।
सडक, विद्युत्, खानेपानी, टेलिफोन जस्ता अत्यावश्यक सेवाहरु लगभग ठप्प बनेका छन् राज्य सरकारले उद्धारका लागि सम्पूर्ण शक्ति लगाएको जनाएको छ ।(एजेन्सी)
“