विवादित काठमाडौं नेसनल मेडिकल कलेज सम्बन्धनः काउन्सिलको प्रतिवेदन नै फर्जी

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ १२ । विवादित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन स्वीकृति दिन नेपाल मेडिकल काउन्सिलको अनुगमन समितिले फर्जी प्रतिवेदन बनाएको खुलेको छ ।
समितिले करिव २४ किलोमिटरभन्दा टाढा रहेको कलेजको जग्गालाई १० किलोमिटरभित्रै रहेको प्रतिवेदन बनाएर स्वीकृति दिन सिफारिस गरेको हो ।, यो खबर आजको नागरिक दैनिकमा छ ।
सम्बन्धनका लागि पुर्वाधार मुल्यांकन गर्ने जिम्मेवारी पाएको काउन्सिलको प्राविधिक टोलीले २४ किलोमिटरभन्दा टाढाकोको जग्गालाई १० किलोमिटरभित्रै रहेको तगा कलेजमा बन्दै नबनेका विभागसमेत बनेको देखाउरु नक्कली प्रतिवेदन दिएको भेटिएको छ ।
काउन्सिलबाट गठिन निरीक्षण टोली प्रमुख अनिलकुमार झा, काउन्सिल उपाध्यक्ष डा। शशी शर्मा र सदस्य डा। सरोज श्रेष्ठको टोलीले यस्तो प्रतिवेदन दिएको हो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित