इलाका प्रहरी कार्यालय धरानभित्रै आत्महत्या

भरतराज शर्मा(गोपाल), धरान । इलाका प्रहरी कार्यालय धरानको थुनुवा कक्षमा बन्दी जीवन बिताईरहेका एक थुनुवाले आइतबार (आज ) बिहान झुण्डिएर आत्महत्या गरेका छन् । एक साता अगाडी हाड नाता करणीको आरोपमा पक्राउ परी प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका धरान ५ देउराली निवासी ३२ वर्षीय श्रीधन बिक झुण्डिएर आत्महत्या गरेका हुन ।

इलाका प्रहरी कार्यालय धरान स्थित थुनुवा कक्षको छेउमै रहेको शौचालय माथि भेन्डीलेसनमा आफैले लगाएको सर्टको सहायताले गलामा पासो लगाइ झुन्डीएर आत्महत्या गरेका इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बिक गत भदौ ४ गते धरानबाटै पक्राउ परेका थिए । उनी विरुद्ध हाडनाताको करणीको मुद्दा दर्ता भएको थियो । उनले आत्महत्या किन गरे सो विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

उता मोरङको पथरी शनिश्चरे वडा नं. १० मा दिनहु प्रहरी द्घारा ज्याजदी हुँदै आएको छ । जनताको सुरक्षाका लागि खटिएका प्रहरी द्घारा दिनहु गाउँका युवाहरू कुटपिट हुन थालेपछि गाउँ त्रासित बनेको छ । गाँउमा हावा खान निस्केका युवाहरुलाई मदिरा सेवन गरेका नेपाल प्रहरीका असई हरि बस्नेत द्घारा संवेदनशील अङ्गमा हातपात गरेपछि स्थानीयहरु आक्रोसीत हुँदै इलाका प्रहरी कार्यलय पथरीमा न्याय खोज्न राति ११ बजे भेला भएका छन् ।

स्थानीय सञ्जय खनाल राति ७ बजेको समयमा घर अगाडीको बाटो काट्ने क्रममा कुसे प्रहरी चौकीका असई हरि बस्नेतले खनाललाई संवेदनशील अङ्गमा कुटेका थिए । छिमेकीको घरबाट आफ्नो घर जानेक्रममा बाटो काट्दा मदिरा सेवन गरेका प्रहरी र असई बस्नेत तीव्र गतिमा कार्यलय जाँदा बाटो दायाँ बायाँ नहेरी बाटो काट्ने भन्दै अपशब्द बोल्दै कुटेको पीडित खनालले बताए ।

यसरी दिनहु प्रहरीबाट ज्याजदी हुन थालेपछि गाँउलेहरू त्रासीत भई सुरक्षा खोज्दै नव निर्वाचित वडा अध्यक्ष सागर राई सहितको टोली कार्यलय आएका हुन । यता प्रहरी कार्यलयलाई जानकारी गराउदा असई बस्नेतलाई मेडिकल जाँच गराईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *