यु १५ च्याम्पियनसिप : पहिलो हापमा नेपाललार्इ १-० को अग्रता ( Live)

भदाै ११, काठमाडाै । साफ यू १५ च्याम्पियनसिपको फाइनल खेलमा पहिलो हाफ सकिदा नेपालले १–० को अग्रता लिएको छ । खेलको ४१ औं मिनेटमा ब्रिजेश चौधरीले पेनाल्टीमार्फत गोल गरेपछि नेपालले पहिलो हाफमा १–० को अग्रता लिएको हो । भारतीय खेलाडी मोरङथेम थाइवा सिंहले रञ्जन पुनलाई पेनाल्टी एरियामा लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो , जसलाई ब्रिजेश चौधरीले गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले खेलको दोस्रो मिनेटमा नै गोलको अवसर बनाएको थियो । दर्शन गुरुङको फ्रिकिक प्रहारमा रन्दिप पौडेलको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरिएको थियो । सातौ मिनेटमा दर्शनको करिव ३५ यार्ड टाढाको प्रहार बाहिरिएको थियो । २४ औं मिनेटमा दर्शनले अर्काे सुन्दर मौका खेर फालेका थिए ।

यता, नेपालका डिफेन्स सन्जिव अर्यालले भारतीय खेलाडीको प्रहार गोल लाइनबाट बचाएपछि भारतले पहिलो हाफको इन्जुरी समयमा बराबरी गर्न बाट चुकेको थियो । २१ औं मिनेटमा सन्जिवले नै बल क्लियर गरिदिएपछि भारतले खेलमा अग्रता लिने मौका गुमाएको थियो । नवौ र १४ औं मिनेटमा भारतले गोल गर्न मौका खेर फालेको थियो ।

हलचोकमा भएको सेमिफाइनलमा भुटानलाई ३–० ले हराउँदै भारतले नेपालसँगको भेट पक्का गरेको हो । भने, नेपालले बङ्गलादेशलाई ४–२ ले हराउँदै उपाधि नजिक पुगेको हो । नेपाल यस अघि सन् २०१३ यु १६ का नाममा भएको च्याम्पियनसिपमा हेमन थापा मगरको कप्तानीमा फाइनल पुगेको थियो ।

दुई वर्षको फरकमा नेपाल उमेर समूहको अर्को उपाधिको नजिक पुगेको छ । दुई वर्षअघि नेपालले सोही मैदानमा विमल घर्तीमगरको कप्तानीमा साफ यु १९ फुटबल च्याम्प्यिनसिपको उपाधि जितेको थियो ।

https://youtu.be/AItsOot5Cyg”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *