राजधानीमा एक दिने शैक्षिक सम्मेलन सुरु

भदाै ११, काठमाडाै । विद्यालय तहको शैक्षिक सुधार गर्ने उद्देश्य सहित राजधानीमा एक दिने शैक्षिक सम्मेलन सुरु भएको छ । नेपालको कक्षा १२ सम्मको शिक्षालाई विश्वमा पहिचान गराउने मूल उद्देश्य सहित सम्मेलन गरिएको हो ।

माइण्ड नेपालले आइतबार काठमाण्डौमा गरेको शैक्षिक सम्मेलनमा नेपालका झन्डै ८० विद्यालयका प्रतिनिधि सहभागी छन् । त्यसै गरी अमेरिकाको शैक्षिक सुधारका क्षेत्रमा काम गर्दे आएको एड्भान्स एडका प्रतिनिधि तथा शिक्षा विद्हरुको पनि सहभागिता रहेको छ ।

एडभान्स एडले विश्वका ७० वटा भन्दा बढी मुलुकमा विद्यालय तहको शैक्षिक सुधारको क्षेत्रमा काम गर्दै आएको छ । नेपालमा पनि एड्भान्स एडले १ सय बढी विद्यालयमा काम गर्ने इच्छा देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *