बलराम सरकारले विश्व रेकर्ड राख्दै

किशोर खनाल, रत्ननगर । रत्ननगरका बलराम गिरीले जादुकलामा विश्व रेकर्ड कायम गर्दैै गिनिज बुकमा नाम लेखाउने अन्तिम तयारीमा पुगेका छन् । बलराम सरकारको नामले परिचित जादुगर गिरीले विश्वका तीन सय जादुगरलाई पछि पार्दै गिनिजबुकमा नाम लेखाउने पहल गरिरहेका छन् । गिनिजबुकमा नाम लेखाउन गिनिज बुक अफ वल्र्ड रेकर्डस् संस्थासँग सम्बन्धित इण्डियन ब्रदर हुड म्याजिसियन सोसाइटी नयाँदिल्लीले लिएको पहिलो चरणको परीक्षणमा उनी सफलसमेत भएका छन् ।
केही दिनअघि मात्र भारतमा भएको परीक्षण उत्कृष्ट जादुकला देखाएका उनलाई सो संस्थाले प्रमाणपत्रसमेत प्रदान गरेको छ । अन्तिम परीक्षणमा सफल भएपछि गिनिजबुकमा नाम लेखाउन बाटो खुल्ने गिरीले बताए । पहिलो चरणको सो प्रतियोगितामा नेपालसहित भारत, अमेरिका, फ्रान्स, कुवेत, बङ्गलादेश, कोरिया, अफ्रिका र मरिससका करिब ३ सय जादुगरले सहभागिता जनाएका थिए ।


सो परीक्षामा गिरीले नेपालको प्रतिनिधित्व गरेका थिए । रत्ननगर–४ क्याम्पस गेट निवासी गिरीले पहिलो चरणको परीक्षा पास हुन खाली हातबाट रुमाल निकाल्ने र सो रुमाललाई हावामा उडाएर लठ्ठी बनाउनेलगायतका जादुकला देखाएका थिए । आयोजकले प्रदान गरेको समय सीमाभित्र कला देखाउने र कला देखाउँदा सन्तुल, भेषभूषा र हाउभाउलाई आधार मानेर उत्कृष्ट छान्ने गरिएको गिरीले बताए ।
‘आयोजकको नियमअनुसार नै मैले कला देखाउन सकेँ’ उनले भने अन्तिम परीक्षामा पनि सोहीअनुसार कला देखाएर आफू सफल हुने र गिनिजबुकमा नाम लेखाउने छु । विगत २० वर्षदेखि जादुकला क्षेत्रमा क्रियाशील गिरीले एक हजार ५ सय वटा जादुकला देखाउन सक्ने खुबी रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *