टेक्सासमा ‘हार्वे’ नामक समुद्री तुफान आउने खतरा

काठमाडौं, भदौ १० । अमेरिकाको टेक्सास राज्यले ‘हार्वे’ नामक समुद्री तुफान आउन लागेको भन्दै सचेत रहन चेतावनी दिएको छ ।

मेक्सिकोको खाडी क्षेत्रमा रहेको हार्वे तुफान टेक्सासतर्फ लागेकाले सचेत रहन त्यहाँको सरकारले चेतावनी दिएको हो ।

तुफानका कारण ठूलो क्षति हुन सक्ने चेतावनी दिइएको छ । टेक्सासका गभर्नर ग्रेग एबटले हार्वे तुफान निकै ठूलो त्रासदी बन्ने खतरा रहेको बताएका छन् ।

हार्वे तुफान स्थानीय समय अनुसार शनिबार बिहानसम्ममा टेक्सासको तटीय क्षेत्रमा ठोक्किन अनुमान गरिएको छ ।

तुफानका कारण ठूलो पानी पर्ने र पहिरोसमेत जानसक्ने सम्भावना रहेको गभर्नर एबटले बताए । तुफानको गति २ सय १५ किलोमिटर प्रतिघण्टासम्म हुन सक्ने अनुमान छ ।

यसका कारण १ सय २ सेन्टिमिटरसम्म पानी वर्षा हुन सक्नेछ । पछिल्लो १२ वर्षमा आएका तुफान मध्ये हार्वे सबैभन्दा खतरनाक हुन सक्ने भन्दै प्रान्तीय गभर्नर एबटले संघीय मद्दतका लागि आह्वान गरेका छन् ।

तुफानका कारण टेक्सासको ह्युस्टन क्षेत्रमा ठूलो बाढी आउने खतरा रहेको अमेरिकाको राष्ट्रिय चक्रवात केन्द्रले चेतावनी दिएको छ ।(एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *