विहारमा अलपत्र कन्टेनर भन्टाबारीबाट ल्याइने : भारतसँग भयो यस्तो सहमति

काठमाडौं, भदौ ८ ।  भारतको विहारस्थित फारबीसगन्ज जोगवनी सडकखण्डमा अलपत्र मालवाहक गाडी भीमनगर – भन्टाबारी छोटी भन्सारको बाटोबाट नेपाल ल्याइने भएको छ ।

यस विषयमा नेपाल र भारत सरकारबीच सहमति भएको छ । आयात-निर्यातका लागि मेरुदण्डका रुपमा रहेको भारत विहारको फरबीसगन्ज – जोगवनी सडकखण्डमा पर्ने परमान नदीको मिरगन्ज पुल बाढीका कारण भासिएपछि नेपालतर्फ आउँदै गरेका एक हजारभन्दा धेरै कन्टेनर र मालवाहक गाडी चार दिनदेखि अलपत्र परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *