के हुँदै छ आठ लेनको बाहिरी चक्रपथ ?

काठमाडौं, भदौ ८ । उपत्यकाभित्र झण्डै ४० बर्षअघि चक्रपथको निर्माण भएको थियो र हाल सञ्चालनमा पनि रहेको छ । चक्रपथको वरिपरि समयसँगै बढ्दो सवारी आवागमन, घनावस्ती र पैदलयात्रुको चापले साँघुरिदै गएपछि बाहिरी चक्रपथको अवधारणा आएको हो ।

हालसम्म सात करोड खर्च गरिएको छ । बारिही चक्रपथ विकास आयोजनालाई आगामी बर्षका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आयोजनाले पहिलो चरणअन्तर्गत चोभार – सतुङ्गल खण्डको ६ दशमलव ६ किलोमिटर लम्बाई क्षेत्रमा अधिग्रहणमार्फत जग्गाप्राप्ती प्रक्रिया शुरु गर्न लागिएको आयोजनाका अधिकृत ध्रुव सापकोटाले जानकारी दिए ।

बाहिरी चक्रपथ आठ लेनको हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *