बुधबार सेयर पुनः ऋणात्मक

काठमाडौं, भदौ ७ । बुधबार सेयर बजार पुनः ऋणात्मक रह्यो । अघिल्लो दिन सामान्य अंकले सकारात्मक रहेको सेयर बजार यसदिन पुनः उस्तै अंकले ऋणात्मक रहेको हो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंक बराबरले ओरालो लागेर १६ सय ११ मा आएर थामियो । होटल समूहमा सबैभन्दा उच्च ३० अंकको र जलविद्युत् समूहमा पनि २१ अंकको गिरावट आयो । अरु समूह सामान्य अंकले रातो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६० कम्पनीको साढे १७ लाख कित्ता सेयर ६३ करोड रुपैयाँ बरारबमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *