‘हत्तेरी ! म छु नि हौँ म ’ त्यसैले कुर्सीको हैन उताको चिन्ता लिनुस्


“
काठमाडौँ, भदौँ ७ । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेका बेला दोस्रो बरियताका लागि लुछाचुडी गरेका राप्रपा अध्यक्ष कमल थापा र र बिमलेन्द्र निधिबीच कुकुर बिरालोझै व्यवहार देखिएको थियो । हाल दुवै मन्त्री पद बाहिर छन् । दुवैले उप प्रधानमन्त्रीको स्वाद मात्र चाख्न पाए । वरिष्ठ टुङगो नलाग्दा केही दिनसम्म निधिले गृहमन्त्रालय छाडेका थिए तर पछि फर्के । त्यति बेला प्रधानमन्त्री पछिको दोस्रो सिटमा बस्न नपाएका निधिले अहिले पाँच दिनसम्म धित मरुन्जेल कार्यबाहक सभापति बनेर बस्न पाउँने भएका छन् ।
नेपाली काँग्रेस सभापति एवंम प्रधानमन्त्री शेरबहादुर देउवा ४८ सदस्यीयको जम्बो टोलीसहित पाँच दिने भारत भ्रमणमा निस्कनु पर्ने भएपछि कार्यबाहक सभापतिको कुर्सी निधिलाई खाली गरिएको हो । प्रधानमन्त्री देउवा नफर्कुन्जेल उनी पाँच दिनसम्म सभापतिको हैसियतमा अरूलाई अह्रोउ भरोउ गर्नुपर्ने छ । पाँच दिनपछि स्वतः उनी आफ्नै स्थानमा बसेर पार्टी नेतृत्व गर्नुपर्ने नै छ ।
भारत भ्रमणमा निस्कनुअभघि पार्टीभित्र तीन वटा महत्त्वपूर्ण निर्णय गर्दैै प्रधानमन्त्री देउवाले पाँच दिनसम्म कुर्सीको राम्ररी हेर बिचार गरियोस् भन्दै आफ्नो अनुपस्थितिमा कार्यबहाक सभापतिको भूमिका निर्वाह गर्न सल्लाह दिएका थिए । कसैको दिल दुखाउने काम नगर्न पनि देउवाले सुझाव दिएका थिए भने निधिले देउवालाई यसबारे चिन्ता नलिई आफ्नो भ्रमण सफल पार्नुपर्ने जवाफ फर्काएका थिए । त्यसपछि देउवाले जे भएपनि पाँच दिनसम्म कुर्सीको राम्ररी हेर बिचार गर्न उनलाई सल्लाह दिएका थिए । निधि बाहेक अन्यलाई पनि कार्यबाहक दिन मिल्ने भए पनि देउवाका दाहिने हात भएकाले प्रधानमन्त्रीले देउवाले अरू कसैलाई नदिई निधिलाई नै दिएको स्रोत बताउँछ ।
हिजो मात्रै प्रधानमन्त्री देउवाले सरकारमा १५ राज्यमन्त्री भित्राएका छन् । त्यस्तै, लामो समयदेखि रिक्त रहेका केन्द्रीय सदस्यमा चारजना नेताहरूलाई नियुक्त पनि गरेका छन् । विधान अनुसार देउवाले अझै ५ जना सदस्यहरूको मनोनयन गर्न बाँकी छ।
“
