अनेरास्ववियु क्रान्तिकारी २१औं राष्ट्रिय सम्मेलनले आजदेखि

काठमाडौं, भदौ ७ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी ) २१औं राष्ट्रिय सम्मेलनले आजदेखि सुरु हुँदैछ । नयाँ नेतृत्वका लागि हुने सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेछ ।

राजधानीको बालमिकि क्याम्पसमा सम्मेलन हुनेछ । सम्मेलनले करिब अढाइ सय सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने भएको छ । सम्मेलनबाट ३३ पदाधिकारी सहित २४३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुने निर्णय गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । अहिले ९ सय ९९ सदस्यीय केन्द्रीय समिति छ ।

उहाँका अनुसार कमिटीमा अध्यक्ष एक, उपाध्यक्ष नौ, महासचिव एक, उपमहासचिव पाँच, सचिव १६ र कोषाध्यक्ष एक रहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *