यस्तो छ विश्वकै तिब्र गतिमा गुड्ने चीनको बुलेट ट्रेन

काठमाडौं, भदौ ७ । चीनको हाइस्पीड ट्रेन अब विश्वकै सबैभन्दा तिब्र गतिमा गुड्ने रेल हुने भएको छ । यो रेल ३५० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्नेछ ।

सन् २०११ मा दुर्घटनाका कारण तीन सय जनाको ज्यान गएपछि चीनमा बुलेट ट्रेनको गति ३०० किलोमिटर प्रतिघण्टामा घटाइएको थियो । अब बेइजिङ  र सांघाईबिचको यात्रामा एक घण्टा बचत हुनेछ । २१ सेप्टेम्बरबाट चीनमा बुलेट ट्रेनले ३५० किलोकिटर प्रतिघण्टाको गतिमा गुड्ने अनुमति पाउनेछन् ।

यो पल्ट चीन सरबकारले रेलको नाम परिवर्तन गरेर ‘फक्सिङ’ राखेको छ, जसको चिनियाँ भाषामा अर्थ हुनेछ पुनर्जीवन । सबै रेलमा उच्चस्तरीय प्रविधि प्रयोग गरिएको छ । रेलमा जडान गरिएको ‘मनिटरिङ सिस्टम’ ले आपतकालिन अवस्थामा रेललाई रोक्नेछ ।

चीनले रेल्वेका अधिकांश लिक पनि परिवर्तन गर्न लागेको छ । ४०० किलोमिटर प्रतिघण्टा गुड्ने क्षमताको रेल्वे लिक चीनले बनाउँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *