महासंघलाई साझा संस्थाको रुपमा अगाडि बढाउने अध्यक्ष आचार्यको भनाइ

काठमाडौं, भदौ ६ । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई सबैको साझा संस्थाका रुपमा अगाडि बढाउने बताउनुभएको छ । महासंघको २५औँ महाधिवेशनबाट निर्वाचित भएपछि आज आयोजित बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष आचार्यले कार्ययोजना बनाएर महासंघ सबैको साझा संस्था हो भन्ने अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नवनिर्वाचित उपाध्यक्ष विपुल पोखरेलले महासंघलाई सबैको साझा चौतारीका रुपमा लैजान आफूले काम गर्ने बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारका समस्या समाधान गर्न सदैव प्रतिबद्ध रहने धारणा पनि व्यक्त गर्नुभयो । महासंघका पूर्व अध्यक्ष डा सुरेश आचार्य, तारानाथ दाहाल, सल्लाहकार पोषण केसी, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा लगायतले महासंघलाई सबैको साझा संस्था बनाएर श्रमजीवी पत्रकारको हकहितका लागि काम गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्नुभयो ।

हिजो भएको निर्वाचनको मतपरिणाम अनुसार आचार्य ७ सय ३२ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६ सय २७ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *