एमालेको कारण संविधान संसोधन विधेययक फेल भएको माओवादीको निष्कर्ष

काठमाडौं, भदौ ६ । माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेको कारण संविधान संसोधन विधेयक फेल भएको निष्कर्ष निकालेको छ । आज बसेको माओवादीको केन्द्रीय कार्यालयको बैठकले एमालेकै कारण संशोधन विधेयक फेल भएको भन्दै राष्ट्रलाई एकतावद्ध गर्ने विधेयक फेल हुनु दुर्भाग्यपूर्ण भएको निस्कर्ष निकालेको हो ।

बैठकपछि प्रवक्ता पम्फा भुसालले एमालेकै दम्भ र अहंकारको कारण संविधान संशोधन विधेयक फेल भएको निष्कर्ष निकालेको जानकारी दिनुभयो । जनतालाई अधिकार दिन एमाले नेतृत्व नकारात्मक र मुलकलाई अग्रगमनमा लैजान बाधा खडा गरेको पनि उहाँले बताउनुभयो । यस्तै, माओवादीले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय पनि गरेको छ ।

प्रदेश नम्बर २ मा पहिलो पार्टी बन्ने लक्ष्यसहित चुनावमा होमिने माओवादीले निर्णय गरेको हो । यस्तै प्राकृतिक विपत्तिमा परेकालाई तत्काल राहत उपलब्ध गराउन र उचित बसोबासका लागि तत्कालीन राहत एक लाख, मृतक परिवारलाई तीन लाख र क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि पाँच लाख उपलब्ध गराउन माग गरिएको प्रवक्ता भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *