दमकका विभिन्न होटलबाट १८ जना युवा-युवती पक्राउ

भदाै ६, झापा । झापाकाे दमकमा यौन धन्दा फस्टाउँदै गएको पछिल्लाे गतिविधीले देखाएकाे छ । यौन धन्दामा संलग्न भएको आरोपमा प्रहरीले दमकका विभिन्न होटलबाट १८ जना युवा-युवतीलाई पक्राउ गरेको छ । पछिल्लो समय दमकका होटलमा पेसेवर यौनकर्मीको संख्या बढ्दै गएकाे गुनासाे पछि इलाका प्रहरी कार्यालय दमकको टोलीले होटलमा छापा मारेकाे हो ।

प्रहरीका अनुसार अपत्तिजनक अवस्थामा दमकको साइनो होटलबाट पेसेवर यौनकर्मीका रूपमा रहेका दुई जाेडी युवती, कनकाई होटलबाट पाँच जोडीलाई आपत्तिजनक अवस्थामा तथा पेसेवर यौनकर्मीको रूपमा रहेकी एक महिला, सौगात होटलबाट अपत्तिजनक अवस्थामा एक जोडी तथा त्यही होटलमा पेसेवर यौनकर्मीका रूपमा कार्यरत एक महिलालाई पक्राउ गरिएको जनाएकाे छ ।

स्थानीयहरूले पूर्वकाे दमकमा यौनधन्दा धेरै फस्टाउन थालेको गुनासो बढेपछि होटलहरूमा छापा मारिएको प्रहरी निरीक्षक बस्नेतको भनाई रहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *