पीडा कम गर्न सेक्स गर्नैपर्ने विचित्रको रोग लागेपछि….

एजेन्सी । के तपाईले कहिल्यै सुन्नु भएको छ, कुनै महिला वा पुरुषले पीडाका कारण सेक्स गर्छन् । उसको यौन शक्ति देखेर साथीलाई कुनै झट्का लागेको सुन्नु भएको छ ? यदि छैन भने यहाँ त्यस्तै महिलाका बारेमा उल्लेख गरिँदैछ, त्यो पनि यसकारण कि यी महिला विचित्र रोगबाट पीडित छिन् ।

यो रोगका कारण खुट्टा र पेटको तल्लो भागमा असैह्य पीडा हुन्छ । यो पीडा कम गर्न उनी आफ्नो पार्टनरका साथ हरेक दिन यौन सम्पर्क गर्ने गर्दछिन् । लगातारको यौन सम्पर्कबाट जब उनका पार्टनरले अस्वीकार गर्दछ तब यी महिला यौनका लागि श्रीमानसामु हारगुहार लगाउने गर्दछिन् । चिकित्सकहरुका अनुसार यी महिला यौनांग विकार नामक रोगबाट ग्रस्त छिन् ।

त्यसो त यो रोगका विषयमा अहिलेसम्म कुनै ठोस अध्ययन भएको छैन । तर, विदेशी वैज्ञानिकहरु यसमा काम भने अवश्य गरिरहेका छन् । अमेरिका निवासी २३ वर्षीया अमान्डा आफ्नो यो रोगका कारण जागिर खान पनि जान सकेकी छैनन् ।

उनका हुनेवाला श्रीमान जोजो भन्छन् कि उनी अमाण्डालाई धेरै माया गर्छन् । अझ यो रोगका बारेमा थाहा पाएपछि उनी अमान्डालाई सहयोग गर्न चाहन्छन्, त्यसैले उनी हरेक दिन उनीसँग सेक्स गर्न तयार रहन्छन् । अमान्डाकी आमा भिक्टोरिया भनिछन्–प्रारम्भिक दिनहरुमा उनलाई र परिवारलाई यो रोगका विषयमा जानकारी थिइन । केही समयपछि जब यसबारे थाहा भयो तब उनलाई निकै आश्चर्य लाग्यो । डायग्नोस गराउने बेला अमाण्डामा यो रोग देखियो ।

अमान्डाको उपचार गरिरहेको मिशिगन युनिभर्सिटीका न्युरोलजिस्ट डाक्टर गुन्टा भन्छिन्, हिलेसम्म यो रोगका कारण करिब ३० प्रकारको औषधि विरामीलाई दिइने गरेको छ। रोगको कारणबारे केही पनि भन्न सकिन्न । उनका अनुसार विज्ञहरुको समूह ब्लड स्याम्पल लिएर अनुसन्धान गरिरहेका छन् ।  आशा छ कि चाँडै यो रोगका बारेमा थाहा हुनेछ र अमान्डा स्वस्थ हुनेछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *