सप्तरीमा विद्युत् सञ्चालन नहुनुका यस्ता छन् कारण

राजविराज, भदौ ६ । अविरल वर्षा र भीषण बाढीका कारण सप्तरी जिल्लाका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रमा अवरुद्ध भएको विद्युत् सेवा सञ्चालन हुन अझै समय लाग्ने भएको छ ।

कहाँ कहाँ छैन विद्युत ?
खाँडो नदीको बाढीबाट अति प्रभावित जिल्लाको दक्षिणी भेगका रम्पुरामल्हनियाँ, सकरपुरा, बेल्ही, हरिहरपुर, दिघवा, कमलपुर, मटिगढी, विषहरिया र पोर्ताहालगायतका दर्जनौं गाउँमा विद्युत् सेवा अझै सञ्चालन हुन सकेको छैन ।

किन ढिलाइ ?
केही दिनयता वर्षा रोकिए पनि बाटोघाटो क्षतिग्रस्त भएकाले र नदीमा अत्यधिक पानी भएको हुनाले पनि तार, पोललगायतका सामग्रीको ढुवानीमा समस्या भएकाले विद्युत् सेवा सञ्चालन गर्न ढिलाइ भएको विद्युत् प्राधिकरण वितरण केन्द्रीय शाखा राजविराजका प्रमुख रामउद्गार साहले बताए।

लाखौँको क्षति
वर्षा र बाढीका कारण सो क्षेत्रमा अधिकांश पोल ढलेको र छवटा ट्रान्सफर्मर जलेकाले समेत समय लाग्ने उनले बताए ।

बाढीका कारण विद्युत्को पोल ढल्दा लाखौँ रुपैयाँ मूल्य बराबरको क्षतिसमेत भएको प्राधिकरणले जनाएको छ ।

छ वटा ट्रान्सफर्मर जल्यो
बाढीका कारण एकैपटक जलेका छवटा ट्रान्सफर्मर खोलेर ल्याउन तथा मर्मत गराउन समय लाग्ने प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *