पत्रकार महासङ्घ : मतदान सम्पन्न

काठमाडौँ, ५ भदौ – नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि सुरु भएको मतदान भर्खरै सम्पन्न भएको छ ।

निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले एक हजार ५०८ मतदातामध्ये ४ बजेसम्म भएको मतदानमा कूल एक हजार ४४९ मत खसेको जानकारी दिनुभयो । प्रत्येक प्रदेशको छुट्टाछुट्टै ठाउँमा मतदान भएको थियो । पैँतालीस सदस्यीय कार्यसमिति र तीन लेखा समितिसहित पचास सदस्यका लागि मतदान भएको हो ।

महासंघको नयाँ नेतृत्वका लागि अध्यक्षमा गोविन्द आचार्य, तीर्थ कोइराला, उजिर मगर, इन्द्र राउत र भावना विद्रोही प्रतिस्पर्धामा हुुनुहुन्छ । पहिले महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा मतगणना हुने भनिए पनि केही बेरमा मतदानस्थल नेपाल प्रज्ञा–प्रतिष्ठानमा नै हुने संयोजक खनालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *