संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न राप्रपाद्वारा ह्विप जारी

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ५ । कसंसद्मा पेश भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आज संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले विधेयकको विपक्षमा मतदान गर्ने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकको निर्णयअनुसार प्रमुख सचेतक कुन्तीकुमारी शाहीद्वारा राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन २०७३ को धारा २८ बमोजिम आज बस्ने बैठकमा सांसदलाई पार्टीको निर्णय पालना गराउन ह्विप जारी गर्नुभएको हो । पार्टीको यही भदौ १ देखि ४ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित