नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ५ । नेपाली सेना र अमेरिकी सेनाबीच ब्यालेन्स नेल १७– ५५३० संयुक्त अभ्यासको आजदेखि नेपाली सेनाको श्रीमहावीर रेञ्जर रेजिमेन्ट छाउनीमा शुरु भएको छ ।
उक्त अभ्यास विभिन्न सैनिक युद्धकलालगायत अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकारलगायत विषयमा आधारित रही आगामी असोज २ गतेसम्मसञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यस्ता अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवको आदानप्रदान गर्न सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित