यौन सम्पर्कको बेला पुरुषहरूबाट हुने गल्तीहरु

एजेन्सी । कतिपय पुरुषहरू सेक्स गर्नुभन्दा अगाडि महिलाको सहमति लिने कुरालाई बेवास्ता गर्दछन् । एक पटक सोध्न पनि जरुरी ठान्दैनन् । जबकि यौन सम्पर्कको लागि दुवैको उस्तै र उत्तिकै चाहना र भावना आवश्यक हुन्छ जसले दुवैलाई सन्तोष बनाउन सक्छ । कतिपय पुरुषहरू पटक–पटक सम्पर्क राख्न चाहन्छन् ।

पुरुष र महिला दुवैका लागि शारीरिक सम्बन्ध महत्त्वपूर्ण हुन्छ । मानसिक प्रेमले मात्रै संसार चल्दैन, अपुरो रहन्छ । यसर्थ शारीरिक प्रेम पनि जीवनको अभिन्न अङ्ग हो । तर, यौन सम्पर्कको बारेमा पुरुषहरू बढी आक्रामक हुने गर्दछन् र उनीहरूले केही गल्ती पनि गर्न पुग्दछन् । आउनुहोस्, सेक्सका बेला पुरुषले गर्ने गल्तीहरुको बारेमा थाहा पाइराखौं ।

पुरुषलाई सामान्यतः ओछ्यानमा पुग्नासाथ यौन सम्पर्क गरिहाल्छन् जबकि महिलालाई शारीरिक सम्पर्क अगाडि रमाइलो माहोलको आवश्यकता हुन्छ । जस्तो कि हात सुम्सुम्याउने, चुम्बन गर्ने, अँगालो मार्ने आदि । तर, अधिकांश पुरुषहरू यस्ता कुराको ख्याल गर्दैनन् र सिधै सम्पर्कको लागि हतारिन्छन् ।

कतिपय पुरुषहरू सेक्स गर्नुभन्दा अगाडि महिलाको सहमति लिने कुरालाई बेवास्ता गर्दछन् । एक पटक सोध्न पनि जरुरी ठान्दैनन् । जबकि यौन सम्पर्कको लागि दुवैको उस्तै र उत्तिकै चाहना र भावना आवश्यक हुन्छ जसले दुवैलाई सन्तोष बनाउन सक्छ । कतिपय पुरुषहरू पटक–पटक सम्पर्क राख्न चाहन्छन् । यस्तो सवालमा कतिपय महिलालाई तनाव हुनसक्छ । पुरुषहरुले यस्तो कुरामा विशेष ध्यान दिनु पर्दछ । केवल आफ्नो चाहनाको पछाडि मात्र दगुर्नु हुँदैन ।

धेरै जसो पुरुषहरू शारीरिक सम्पर्कमा मात्र बढी जोड दिन्छन् । यौन सम्पर्क भन्दा पहिला फोर प्लेको अत्यधिक आवश्यकता हुन्छ । तर, पुरुषको बढी ध्यान शारीरिक सम्पर्कमा मात्र हुन्छ । प्रायः पुरुषहरू बिना सुरक्षा शारीरिक सम्पर्क चाहन्छन् । जबकि यो एकदम खतरनाक हुन्छ ।

सेक्ससँग सुरक्षा अभिन्नरुपमा जाडिन्छ । यसका बहुआयामिक खतराको बारेमा सबैले बुझेकै कुरा हो । यौन सम्पर्क राख्नु भन्दा अगाडि कुरा गर्नु जरुरी हुन्छ । यसले नै सन्तोषपूर्ण र भावनात्मक शारीरिक सम्पर्कको आधार बनाउँछ । तर, बढीजसो केटाहरू यस्तो सवालमा बेखबर हुन्छ र उनीहरूको ध्यान केवल शारीरिक सम्पर्क तिर नै केन्द्रित हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *